Sidhakuro
No Result
View All Result
Wednesday, June 29, 2022
  • समाचार
  • अर्थ
  • राजनीति
  • जीवनशैली
  • प्रविधि
  • मनोरन्जन
  • खेलकुद
Sidhakuro
  • समाचार
  • अर्थ
  • राजनीति
  • जीवनशैली
  • प्रविधि
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
Sidhakuro
No Result
View All Result
Home समाचार

सहप्राध्यापकले नै उत्तरपुस्तिका केरमेट गरेपछि…

by admin
March 30, 2022
in समाचार
0
सहप्राध्यापकले नै उत्तरपुस्तिका केरमेट गरेपछि…
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । देशको जेठो विश्वविद्यालयका कर्मचारी इमान्दार, लगनशील र कानून कार्यान्वयनमा अब्बल हुनुपर्छ । उनीहरुलाई आ–आफ्नो जिम्मेवारी सुम्पिइएको छ तर इतिहास बोकेको विश्वविद्यालयमा कार्यरत कर्मचारीले नै गलत काम गरेभने त्यो सरासर गैरकानूनी मात्रै हुँदैन, अख्तियारको दुरुपयोगसमेत हुन्छ ।

यस्तै भएको छ जेठो विश्वविद्यालयको त्रिवि सेवा आयोगमा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दाका आधारमा हेर्दा आयोगमा कार्यरत कर्मचारीले परीक्षामा अनाधिकृतरूपमा चलखेल गरेको पाइएको छ । आयोगले २०७३ फागुन १८ गते प्रकाशित विज्ञापन नं १८/०७३/०७४ सँग सम्बन्धित उपप्रशासक, पुस्तकालय अधिकृत, अधिकृत (इन्जिनियर), प्राविधिक अधिकृत (कम्प्युटर), मुख्य प्राविधिक सहायक (कम्प्युटर), लेखा सहायक, पुस्तकालय सहायक र प्राविधिक सहायक ( कम्प्युटर) पदको लिखित परीक्षामा अख्तियारको दुरुपयोग गरेको पाइएको छ ।

ती पदको लिखित परीक्षामा व्यापक अनियमितता र आर्थिक चलखेल गरी सक्षम र उत्कृष्ट उम्मेदवारलाई पाखा लगाई उत्तरपुस्तिका परीक्षण गर्ने क्रममा व्यापक अनियमितता गरेको पाइएको आयोगले स्पष्ट पारेको छ ।

प्राप्ताङ्क केरमेट गरेको, थपघट गरी नतिजा फेरबदल गरेको, उत्तर नलेखेकोमा समेत अङ्क प्रदान गरी उत्तीर्ण गराएको समेत पाइएको छ । आयोगले लेखा सहायक पदको प्रथमपत्रको परीक्षण गर्ने सहप्राध्यापक केशव घिमिरे, लेखा सहायकको दोस्रो पत्रको परीक्षण गर्ने सहप्राध्यापक राजेश्वर न्यौपानेविरुद्ध मुद्दा दायर गरिएको छ ।

यस्तै पुस्तकालय सहायक पदको दोस्रो पत्रको परीक्षण गर्ने पुस्तकालय सहप्रशासक इन्दिरा घिमिरे, उत्तरपुस्तिका रुजु गर्न आयोगका तत्कालीन प्रमुख परशुराम कोइराला र मुख्य कार्यालय सहायक बच्चुराम पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

उनीहरुलाई रु तीन महिनादेखि एक वर्षसम्म कैद र रु पाँच हजारदेखि रु १० हजारसम्मको जरिवानाको मागदावी गर्दै मुद्दा दायर गरिएको आयोग प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

Related Posts

अब उपचार गर्न अस्पताल जाँदा पिसिआर परीक्षण गर्न नपर्ने
समाचार

अब उपचार गर्न अस्पताल जाँदा पिसिआर परीक्षण गर्न नपर्ने

March 18, 2022
विद्यालयमा खाजाको पात्रो, नियमित हुन थाले विद्यार्थी
समाचार

विद्यालयमा खाजाको पात्रो, नियमित हुन थाले विद्यार्थी

March 18, 2022
संवैधानिक निकायका मुद्दा हेर्दाहेर्दैमा
समाचार

संवैधानिक निकायका मुद्दा हेर्दाहेर्दैमा

March 18, 2022
  • Trending
  • Comments
  • Latest
राति अबेरसम्म निन्द्रा नलागे के गर्ने ?

राति अबेरसम्म निन्द्रा नलागे के गर्ने ?

March 18, 2022
विद्यालयमा खाजाको पात्रो, नियमित हुन थाले विद्यार्थी

विद्यालयमा खाजाको पात्रो, नियमित हुन थाले विद्यार्थी

March 18, 2022
संवैधानिक निकायका मुद्दा हेर्दाहेर्दैमा

संवैधानिक निकायका मुद्दा हेर्दाहेर्दैमा

March 18, 2022
संवैधानिक निकायका मुद्दा हेर्दाहेर्दैमा

संवैधानिक निकायका मुद्दा हेर्दाहेर्दैमा

0

0
नेपाल युएईसँग पराजित

नेपाल युएईसँग पराजित

0
सहप्राध्यापकले नै उत्तरपुस्तिका केरमेट गरेपछि…

सहप्राध्यापकले नै उत्तरपुस्तिका केरमेट गरेपछि…

March 30, 2022

March 18, 2022
पर्यटन क्षेत्रको पुनरुत्थानका लागि ‘मास्टर प्लान’ बनाउँदै सरकार

पर्यटन क्षेत्रको पुनरुत्थानका लागि ‘मास्टर प्लान’ बनाउँदै सरकार

March 18, 2022
Sidhakuro

© 2022 Sidhakuro

Navigate Site

  • contact us
  • Privacy & Policy
  • terms of serivice

Follow Us

No Result
View All Result
  • Home
  • समाचार
    • राजनीति
    • अर्थ
  • मनोरन्जन
    • खेलकुद
  • प्रविधि
  • जीवनशैली

© 2022 Sidhakuro