एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल चरणको ड्र सम्पन्न भएको छ । यूईएफएको मुख्यालय न्योनमा भएको ड्र अनुसार साविक विजेता चेल्सी र रियल म्याड्रिड सेमिफाइनल प्रवेश गर्ने भिड्ने भएका छन् ।
त्यस्तै क्वाटरफाइनलमा म्यानचेस्टर सिटीले एटलेटिको म्याड्रिड खेल्नेछन् । स्पेनी क्लब भिल्लारियलले बायर्न म्युनिखको सामना गर्नेछ । अन्तिम क्वाटरफाइनलमा पोर्चुगलको बेन्फिका र इंग्लिस क्लब लिभरपुल खेल्नेछन् ।
राउन्ड अफ १६ मा भिल्लारियलले युभेन्टसलाई समग्रमा ४-१ ले पराजित गरेको थियो । एटलेटिको म्याड्रिडले म्यानचेस्टर युनाइटेडलाई २-१ ले पाखा लगाउँदै अन्तिम ८ मा स्थान पक्का गरेको हो । बायर्न म्युनिखले आरबी साल्जबर्गमाथि समग्रमा ८-२ को जित निकाल्दै क्वाटरफाइनल यात्रा तय गरेको थियो ।
बेन्फिकाले समुह चरणमा अपराजित रहेको आयाक्सलाई समग्रमा ३-२ ले हराउँदै अघि बढेको थियो । चेल्सीले फ्रान्सको च्याम्पियन लिललाई ४-१ ले हराएको थियो । लिभरपुलले इटालीको च्याम्पियन इन्टर मिलानमाथि २-१ को जित हासिल गरेको थियो । म्यानचेस्टर सिटीले स्पोर्टिङ लिस्बनमाथि ५-० को जित दर्ता गर्दा रियल म्याड्रिडले पिएसजीमाथि ३-२ को पुनरागमन जित हासिल गरेको थियो ।
क्वाटरफाइनल चरणका खेलहरु अप्रिल ५/६ मा पहिलो लेग र अप्रिल १२/१३ मा दोस्रो लेग हुनेछ । सेमिफाइनलको पहिलो लेग अप्रिल २६/२७ तथा दोस्रो लेग मे ३/४ मा हुनेछ । च्याम्पियन्स लिगको फाइनल खेल फ्रान्सको पार्क डे प्रिन्समा २८ मेमा हुनेछ ।
पूर्ण ड्र :
क्वाटरफाइनल:
१. चेल्सी विरुद्ध रियल म्याड्रिड
२. म्यानचेस्टर सिटी विरुद्ध एटलेटिको म्याड्रिड
३. भिल्लारियल विरुद्ध बायर्न म्युनिख
४. बेन्फिका विरुद्ध लिभरपुल
सेमिफाइनल:
१. म्यानचेस्टर सिटी/एटलेटिको म्याड्रिड विरुद्ध चेल्सी/रियल म्याड्रिड
२. बेन्फिका/लिभरपुल विरुद्ध भिल्लारियल/बायर्न म्युनिख
फाइनल :
सेमिफाइनल २ विजेता विरुद्ध सेमिफाइनल १ विजेता